काठमाण्डाै । नेपाल बक्सिङ्ग संघका पूर्व महासचिब दिपक गुरुङ र नेपाल तरुण दल काठमाण्डाै वडा न.११ का इकाई अध्यक्ष बिनोद बानियाँले प्रहरीलाई अत्यावस्यक स्वास्थ्य सामाग्री सहयाेग गरेका छन ।
काेराेना भाइरसकाे संक्रमण र जाेखिम कम गर्न गुरुङ र बाँनियाले कपन प्रहरी प्रभागलाई बिभिन्न स्वास्थ्य सामाग्री सहयाेग गरेका हुन ।
बिहिबार उनिहरुले प्रहरी इन्चार्ज प्रहरी निरीक्षक शेखर मल्ललाई साे सामग्री हस्तान्तरण गरेका हुन |
जसमा सर्गिकल मास्क ४०० पिस , फेस क्याप १५ जोर, स्यानीटाईजर ३ जर्किन,र ह्यान्ड ग्लोभ्स ३०० पिस रहेकाे तरुण दलका नेता बाँनियाले बताए ।
प्रहरी समुदायकाे सुरक्षामा फ्रण्ट लाइनमा खटिने भएकाले उनिहरुलाई जाेखिम समेत उच्च रहेकाले स्वास्थ्य सामाग्री सहयाेग गरिएकाे बाँनियाकाे भनाइ छ ।