रबिकिरण रेग्मी
गोरखा । रेग्मी ब्रदर इन्जिनियरिङ कन्सल्टेनले प्रहरी चौकिलाई स्वस्थ्य सामग्री सहयोग गरेको छ ।
आरुघाट गाउँपालिका —४ थुम्मी आर्खेतस्थित प्रहरी चौकिलाई रेग्मी ब्रदर कन्सल्टेनले स्वस्थ्य सामग्री सहयोग गरेको हो । कन्सल्टेनले प्रहरीलाई कोरोनाको संक्रमणबाट बच्न आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराएका छन् ।
जसमा सर्जिकल मास्क, स्यानिटाइजर, हातधुने साबुन लगायतका स्वस्थ्य सामग्री उपलब्ध गराएका छन् ।उक्त सामानहरु कन्सल्टेनका प्रबन्ध निर्देशक बिज्ञान रेग्मीले प्रहरी चौकिका असइ कृष्ण बहादुर सिम्खडालाई हस्तान्तरण गरिएको हो ।