बिहीबार नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ९ पुगेको हो।
आज १ महिला र १० पुरुषको निधन भएको मन्त्रालयले जनाएको छ।
मृत्यु हुनेमा काठमाडौँका ४, सुनसरीका ३ र रुपन्देहीका ३ गरी १० पुरुष र बाँकेकी एक महिला रहेका छन्।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितहरुको मृत्यु प्रतिशत ०.६५ रहेको छ।