काठमाडौँ उपत्यकामा आज थप ९ सय ४३ कोरोना संक्रमित थपिएका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ९ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ८ सय १७ भक्तपुरमा ५८ र ललितपुरमा ६८ कोरोना पुष्टि भएको हो।