नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ११ कोरोना संक्रमित थपिएका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिएको बताए।
प्रवक्ता गौतमका अनुसार आज थप ९ सय ६१ जना संक्रमित निको भएका छन्।
योसँगै निको हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ।