इसेवा र फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट पाइने भएको छ ।
कोरोना महामारीले गर्दा दोस्रो पटक गरिएको निषेधाज्ञाका कारण स्थगित भएको डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना निषेधाज्ञाा हटेसँगै पुःन सूचारु भएको हो ।
बिगमार्टका ५० वटै स्टोर्समा लागु गरिएको यो योजना असोज महिनाभर जारी रहनेछ । योजना अनुसार सामान खरिद गर्दा इसेवा तथा फोनपेबाट (मोबाईल बैंकिङ) क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने छ भने दिउसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइने छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेकाले इसेवाले पनि यो योजना सुरू गरेको हो ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामाहाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।