• शुक्रबार, साउन १५ २०८३

कोरोनाबाट बिपी प्रतिष्ठानमा थप एकको मृत्यु


बिहिबार, असोज १५ २०७७
735
Shares


बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–६का ५६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइहेको थियो ।

ज्वरो, खोकी र श्वासप्रश्वाशमा कठिन भएपछि बुधबार प्रतिष्ठानको कोभिड अस्पतालमा उनलाई भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाले जानकारी दिए । छ । कुनै दीर्घ रोग नभएका उनलाई निमोनियासमेत भएको थियो ।

बुधबार राति प्रतिष्ठानमा ल्याइएको १५ मिनेटपछि उनको मृत्यु भएको थियो । उनको आज कोरोनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता सापकोटाले बताए । यससँगै बिपी प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको सङ्या ३८ पुगेको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार