काठमाडौँ । कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।
भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारत सिद्धार्थनगर नगरपालिका–१ बेलहिया निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सुशिल गुरुङ जानकारी दिए ।
निमोनियाबाट पीडित ती पुरुष संक्रमणका कारण गम्भीर अवस्थामा गत सोमबार अस्पतालमा भर्ना भएका थिए । उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गुरुङ बताए ।