• आइतबार, असोज १८ २०८३

क्यानका अध्यक्ष चन्द र सचिव प्याकुरेललाई देखियो कोरोना


बिहिबार, असोज १५ २०७७
925
Shares


नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष र सचिवलाई कोरोना संक्रमण पुष्टि भएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई संक्रमण देखिएको हो।

संक्रमण देखिएपछि अहिले दुवै जना सेल्फ आइसोलेसनमा बसेका छन्। एक साताअघि चितवनमा भएको क्यानको केन्द्रीय समितिको बैठकमा सहभागी भएर आएपछि दुवै जनाले पिसिआर परीक्षण गराउँदा संक्रमण देखिएको हो।

क्यानका अध्यक्ष र सचिवको सम्पर्कमा आएका सबै जना सेल्फ क्वारेन्टिनमा बसेको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार