• शुक्रबार, साउन १५ २०८३

कोरोनाका कारण एक कैदीसहित थप दुईको मृत्यु


बिहिबार, असोज १५ २०७७
840
Shares


कोरोना संक्रमणबाट एक कैदीसहित थप दुई जनाको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी–२ की ८४ वर्षीया महिलाको बिहीबार बिहान ४ बजे घरमै मृत्यु भएको हो । बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार गर्न भर्ना भएको केही दिनपछि पोजेटिभ रिपोर्ट आएको थियो। असोज १३ गते कोरोना भाइरसको संक्रमण पुष्टिपछि ती वृद्धालाई घर लगिएको थियो।

मृतक वृद्धालाई दम, सुगर, प्रेसरलगायत पुरानो रोग भएकाले पनि उपचार गर्न समस्या रहेको भन्दै परिवारले नै घर लैजाने भनेको नगरपालिकाको स्वास्थ्य महाशाखाका सहसंयोजक सुरेश खड्काकाले बताए।

त्यसैगरी, मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका सुनसरी इटहरी–४ का २७ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

लागुऔषध मुद्दामा ०७६ मंसिर १८ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए। कोरोना भाइरससँग मिल्ने लक्षण देखिएकाले पुरुषको मृत्युपछि स्वाब संकलन गरिएको र बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको अस्पतालका आइसोलेसन प्रमुख डाक्टर लक्ष्मीनारायण यादवले बताए। उनीमा कुनै दीर्घरोग नदेखिएको डाक्टर यादवले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार