Modern metal handcuffs. Vector illustration in flat style
समाजमा बलातकार जस्ता जघन्य अपराध दिन प्रतिदिन बढिरहेको छ। महोत्तरीको भंगहामा महिलालाई बलात्कार गरेको अभियोगमा वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।
भंगहा नगरपालिका–९ हरिणमरीका ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुधबार राति सोही नगरपालिकाका वडा सचिव मिथलेश यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।
आरोपित यादवलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पीडित महिलाको बुधबार राति स्वास्थ्य परीक्षण गरिएको छ ।बलात्कारको घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।