कोरोना संक्रमणबाट रौतहटका एकजना पुरुषको वीरगञ्जमा मृत्यु भएको छ ।
रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन)मा उपचारको क्रममा आज बिहान ८ः२५ मा मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए ।
डाक्टर हुसैनका अनुसार उनी मुटु रोगीसमेत थिए ।असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोरोना अस्पतालमा उपचारका लागि लगिएको थियो ।
विरामी भएर नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको आसोज ८ गते पीसीआरका लागि स्वाब नमुना संकलन गरिएको थियो ।