• शुक्रबार, साउन १५ २०८३

कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु


बिहिबार, असोज १५ २०७७
715
Shares


कोरोना संक्रमणबाट बुटवलमा थप एकजना पुरुषको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नंं. ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।

असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए ।

उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उनी उच्च रक्तचापका दीर्घ रोगी रहेको डा. गौतमले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार