गोरखा । १२ किलो प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार दैलेख घर भई १२ किलो प्रहरी चौकीमा कार्यरत २५ वर्षका सुरक्षाकर्मीको रिर्पोट पोजेटिभ आएको हो । योसँगै १२ किलो प्रहरी चौकी पनि सिल गरिएको छ ।
संक्रमित प्रहरीलाई गोरखा क्याम्पसको आइसोलेशनमा ल्याएको छ । त्यहाँ कार्यरत सबै प्रहरीहरुलाई चौकीमै क्वारेन्टिनमा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
१२ किलोको सुरक्षाका लागि जिप्रकाबाट छुट्टै टोली खटाइएको एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।