• शुक्रबार, साउन १५ २०८३

सूचनाको हकका बारे गोरखामा जनप्रतिनिधी र युवालाई अभिमुखिकरण


बिहिबार, असोज १५ २०७७
695
Shares

गोरखा । सूचनाका हकका बारे गोरखामा जनप्रतिनिधी र युवाहरुलाई अभिमुखिकरण गराइएको छ ।

पारस्परिक जवाफदेहिता स्थानीय अभियान अन्तरगत सोच नेपालले गोरखा नगरपालिका वडा नम्बर ५ का जनप्रतिनिधी र स्थानीय युवाहरुलाई एक दिने अभिमुखिकरण गराएको हो ।

कार्यक्रममा सुचनाको अधिकार, सूचना लिने प्रकृया, कानूनी बिषय लगायतका बारेमा जानकारी गराइएको थियो । अभिमुखिकरण कार्यक्रमको नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा र सोच नेपालका गोरखा प्रतिनिधी मोहसिन अलि मियाँले सहजिकरण गरेका थिए ।

द्रब्य शाह रेडियो स्रोता समुहका अध्यक्ष घनश्याम थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रामकुमार थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा २० जना भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार