• शुक्रबार, साउन १५ २०८३

गण्डकी गाउँपालिकाले ल्यायाे ५७ करोड ४२ लाखको बजेट


बुधबार, असोज १४ २०७७
1.2K
Shares

रबिकिरण रेग्मी

गोरखा । केन्द्र विवादका कारण लामाे समयदेखि राेकिएकाे गण्डकी गाउँपालिकाकाे बजेट पास भएकाे छ ।

मंगलबार केन्द्र निर्धारणकाे बिषय टुंगिएपछि बुधबार गाउँपालिकाकाे नीति तथा कार्यक्रम सहित बजेट स्विकृत भएकाे हाे ।

आर्थिक बर्ष २०७७/०७८ का लागि गाउँपालिकाले ५७ करोड ४२ रुपैयाँको बजेट ल्याएको प्रशासकीय अधिकृत पुरन गुरुङले बताए ।

गत असार मसान्तभित्रै पारित हुनपर्ने नीति तथा कार्यक्रम केन्द्र विवादले गर्दा गाउँसभा हुन सकेको थिएन । गाउँसभा बैठकले साविककै कार्यालय रहेकाे स्थानमा केन्द्र रहने गरी निर्णय गरेपछि बजेटकाे समेत बाटाे खुलेकाे थियाे ।

तर मंगलबारकाे बैठकबाट भने बजेट तथा कार्यक्रम अस्विकृत भएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार