• आइतबार, असोज १८ २०८३

आज कुन जिल्लामा कति संक्रमित थपिए ?


बुधबार, असोज १४ २०७७
795
Shares


आज (बुधबार) नेपालमा थप १ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९ सय २ सहित देशभरमा थप १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज काठमाडौँमा ६ सय ९७, भक्तपुरमा ९३ र ललितपुरमा १ सय १२ गरी ९ सय २ जना संक्रमित थपिएका हुन्।

पछिल्लो केही समयदेखि सबैभन्दा बढी संक्रमित काठमाडौँमा देखिँदै आएका हुन। बढी संक्रमित थपिने अन्य जिल्लामा मोराङ ९८, रुपन्देही ७०, चितवन ६२, नवलपरासी ४५, सुर्खेत ४१, सुनसरी ३८ र मकवानपुर ३८ रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेको छ।

हेर्नुहास् कुन जिल्लामा कति संक्रमित थपिए ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार