काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज काठमाडौँमा ६ सय ९७, भक्तपुरमा ९३ र ललितपुरमा १ सय १२ गरी ९ सय २ जना संक्रमित थपिएका हुन्।