नेपालमा पछिल्लो २४ घण्टामा थप १हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेको छ,
उनले देशभरमा १० हजार ८७ संस्थागत आइसोलेसनमा रहेको जानकारी दिए।
उनले पछिल्लो २४ घण्टामा थप १२ हजार २०५ पीसीआर परीक्षण भएको जानकारी दिए।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५७ कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ।
संक्रमति निको हुने प्रतिशत ७२.५ रहेको छ।