• शुक्रबार, साउन १५ २०८३

कोरोनाबाट थप एक महिलाको मृत्यु


बुधबार, असोज १४ २०७७
810
Shares


काठमाडौँ । कोरोना संक्रमणबाट बाँकेमा थप एक महिलाको बुधबार मृत्यु भएको छ ।

नेपालगन्ज—१ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा दिउँसो २ बजेर १५ मिनेटमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले जानकारी दिए ।

ती महिलाको स्वास्थ्यमा समस्या आएपछि असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन । असोज ३ गते उनलाई कोरोना पुष्टि भएको थियो । महिलाको फोक्समा निमोनिया समेत देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार मृतक महिला मधुमेह उच्च,रक्तचाप रोगबाट ग्रसित थिइन् । बाँकेमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार