• सोमबार, साउन ११ २०८३

चौबिस श्ययाको कारोना अस्पताल निर्माण गर्दै गाउँपालिका


बुधबार, असोज १४ २०७७
860
Shares

cfO;f]n];g jf8{ bdf}nL, # r}t M tgx'Fsf] z'Snfu08sL gu/kflnsf–% a]nrf}tf/fdf /x]sf] lhkL sf]O/fnf /fli6«o Zjf;k|Zjf; pkrf/ s]Gb|df lgdf{0f ul/Psf] cfO;f]n];g sIf . ljZje/ km}lnPsf] sf]/f]gf efO/;sf] zªsf:kb la/fdLsf] pkrf/sf nflu s]Gb|df @) zoofsf] cfO;f]n];g sIf :yfkgf ul/Psf] 5 . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

काठमाडौँ । विश्वव्यापीरुपमा फैलिएको कोरोना सङ्क्रमण नियन्त्रण तथा त्यसको उपचारका लागि मनहरी गाउँपालिकाले २४ श्ययाको आइसोलेसनसहित कारोना विशेष अस्पताल निमार्ण शुरु गरेको छ ।

सो गाउँपालिकाको वडा नं ८ सिम्पानीमा रहेको आइसोलेसन कक्षलाई स्तरोन्नति गरी २४ श्ययाको कोरोना विशेष अस्पतालका रुपमा स्थापना गरेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । स्वास्थ्य मन्त्रालयको रु १० लाख अनुदान र वाग्मती प्रदेश सरकारको रु १० लाख सहयोगमा उक्त अस्पताल निमाण भइरहेको बताइएको छ ।

अस्पतालका लागि आवश्यक सामान खरिदको काम भएको र थप उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको अध्यक्ष उप्रेतीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले पाँच श्ययाको अस्पताल स्थापनाका लागि आदेश गरेको तर २४ श्ययाको अस्पताल स्थापना शुरु भएको अस्पताल निर्माण समितिका संयोजक ज्योतिराज लुइँटेलले बताए ।

अस्पतालमा एक जना चिकित्सक, दुई नर्स तथा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । त्यहाँ सघन उपचार कक्षसमेत बनाइनेछ । अध्यक्ष उप्रेतीका अनुसार उत्कृष्ट एवं नमूना कारोना आइसोलेसन अस्पताल निर्माण गर्नेगरी काम भइरहेको छ । मनहरि गाउँपालिकामा एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार