काठमाडौं । कोरोना भाइरसका कारण गरिएको लकडाउनले वेरोजगार बनेका जनतालाई पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता डा.बाबुराम भट्टराईले राजधानीको खुल्लामञ्च पुगेर खाना खुवाएका छन् ।
बुधबार बिहान खुल्लामञ्च(पुरानो बसपार्कस्थल) पुगेर नेता भट्टराईले सर्वसाधारणलाई खाना खुवाएका हुन् ।

लकडाउनका कारण कष्टप्रद जीवन विताउँदै आएका सर्वसाधारणलाई यसअघि देखिनै हाम्रो टिम नेपाल नामको संस्थाले त्यहाँ खाना खुवाइँदै आइरहेको छ ।
डा. भट्टराईले करिब आधा घण्टा सर्वसाधारणलाई खाना बाँडेका थिए । खाना बाँड्दा उनले सर्वसाधारणहरुसँग केहीबेर कुराकानी समेत गरेका थिए । भट्टराईसँग जसपाकी नेतृ हिसिला यमी पनि पुगेकी थिइन् ।