• सोमबार, साउन ११ २०८३

भारतमा ६ कोरोड नागरिकलाई कोरोना संक्रमण भएको हुनसक्छ : अध्ययन


बुधबार, असोज १४ २०७७
865
Shares


विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भारत यतिबेला कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित दोस्रो राष्ट्र हो।

बुधबारको तथ्यांकअनुसार भारतमा ६२ लाख २९ हजारमा कोरोना पुष्टि भइसकेको छ। सबैभन्दा बढी प्रभावित अमेरिकामा ७४ लाख ६ हजारमा कोरोना पुष्टि भएको छ।

सन् २०१८ को जनगणना अनुसार भारतको जनसंख्या एक अर्ब ३५ करोड हो। अमेरिकाको जनसंख्या भारतको भन्दा निकै कम छ। सन् २०१९ को तथ्यांकअनुसार अमेरिकामा ३२ करोड ८२ लाख मानिस छन्।

अमेरिकाले आफूले तिव्र गतिमा कोरोना परीक्षण गरेकाले यहाँ धेरै संक्रमित देखिएको बताउँदै आएको छ। यसबीचमा भारतमा कोरोना संक्रमित आंकलन गर्न राष्ट्रिय सर्वेक्षण गरिएको थियो।

सर्वेक्षणले भारतमा हाल ६ करोडभन्दा बढीमा कोरोना संक्रमण भएको हुनसक्ने अनुमान गरेको छ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले २९ हजार व्यक्तिमा गरेको सर्वेक्षणमा ७ सय गाउँ र वडा समेटिएका थिए।

सर्वेक्षणमा १५ व्यक्तिमध्ये दश वर्ष भन्दामाथिका प्रत्येक एकमा कोरोनाको एन्टीबडी देखिएको उल्लेख गरिएको छ।

गत अगष्टको मध्यबाट सेप्टेम्बरको मध्य समयसम्म अनुसन्धान गरिएको थियो। भारतमा ९ सय ६६ मिलियन मानिसहरु दशवर्ष वा सोभन्दा माथिका उमेरको भएको बताइएको छ। सीएनएन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार