• शुक्रबार, साउन १५ २०८३

सामसङले ल्याउँदैछ पाँच क्यामेरा भएको स्मार्टफोन


बुधबार, असोज १४ २०७७
815
Shares


दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले पाँचवटा क्यामेरा भएको स्मार्टफोन ल्याउन लागेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

सामसङको ग्यालेक्सी ए७२ भर्सनको फोन यस कम्पनीकै पहिलो पाँचवटा क्यामेरा भएको फोन हुने जनाइएको छ।

सन् २०२१ को मध्यतिर यस स्मार्टफोन सार्वजनिक हुने बताइएको छ। यसवर्ष सार्वजनिक भएको ग्यालेक्सी ७१ भन्दा यस ग्यालेक्सी ए७२ उत्कृष्ट हुने अनुमान गरिएको छ।

दक्षिण कोरियाली संचार माध्यमका अनुसार सामसङको ग्यालेक्सी ए७२ मा ६४ मेगापिक्सेलको प्राइमरी क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा हुनेछ। ८ मेगापिक्सलको टेलिफोटोमा तीन गुणा अप्टिकल जुमको सुविधा हुनेछ।

यस्तै यसमा ३२ मेगापिक्सलको सेल्फी क्यामेरा हुनेछ। ए७२ सँगै ग्यालेक्सी ए५२ मोडलको स्मार्टफोन पनि सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार