• आइतबार, असोज १८ २०८३

कर्मचारीमा संक्रमण देखिएपछि श्रम स्वीकृति बन्द


बुधबार, असोज १४ २०७७
680
Shares


कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि वैदेशिक रोजगार विभाग अन्तर्गत काठमाडौंको ताहाचल कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको छ।

सो कार्यालयमा कार्यरत् कर्मचारीमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट प्रदान गरिने सम्पूर्ण सेवा बुधबारदेखि बन्द गरिएको विभागले जानकारी गराएको हो।

कार्यालयमा कार्यरत कर्मचारीलाई नै संक्रमण देखिएपछि सेवा दिन सक्ने अवस्था नभएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए।

अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवा बन्द गरेको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार