• आइतबार, असोज १८ २०८३

२० घण्टाको नवजात शिशुसहित गण्डकीमा थप ३३ जनामा संक्रमण पुष्टि


बुधबार, असोज १४ २०७७
765
Shares


आज गण्डकी प्रदेशमा २० घण्टाको नवजात शिशुसहित थप ३३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार मध्यान्हसम्म प्रदेशमा २० घण्टाका नवजात शिशुससिहत ३३ जनामा संक्रमण देखिएको हो।

निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका आनुसार पोखरा महानगरपालिका वडा नम्बर ४ का ती शिशुलाई अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको एनआईसीयूमा भर्ना गरिएको छ।

उनका अनुसार आज थपिएका संक्रमितमा नवलपरासी पूर्वका २८ जना, कास्कीका २० घण्टे बालाकसहित ४ जना र गोरखाका १ जना रहेका छन्।

संक्रमितहरुमध्ये पोखरा महानगरका ३ जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको फिभर क्लिनिकबाट र अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन्। सक्रमित सबैलाई आइसोलेसनको व्यवस्था गर्ने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ६६ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार