• आइतबार, भाद्र ७ २०८३

आईपीएल : सन्दीप सम्मिलित दिल्लीको पहिलो हारमा हैदरावादको जित


बुधबार, असोज १४ २०७७
640
Shares


नेपाली लेग स्पिनर सन्दीपल लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो हार बेहोरेको दिन सनराइजर्स हैदरावादले पहिलो जित दर्ता गरेको छ।

दिल्लीलाई मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादले १५ रनले पराजित गर्‍यो। सुरुवाती दुई खेलमा पराजित भएको हैदरावादको भने यो पहिलो जित हो।

पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६२ रन जोड्यो। उसका लागि जोनी वायस्टोले ४८ बलमा ५३ रन बटुले।

कप्तान तथा ओपनर डेभिड वार्नरले ३३ बलमा ४५ रन र केन विलियमसनले २६ बलमा ४१ रन जोडे।

बलिङमा दिल्लीका अमित मिश्रा र कागिसो रबाडाले २—२ विकेट लिए।१६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्र जोड्न सक्यो।

दिल्लीका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले सबैभन्दा बढी ३४ रन जोडे। रिशव पन्तले २८ रन तथा शिमरन हेटमेयरले २१ रन बटुले। अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन्।

बलिङमा हैदरावादका रासिद खानले ३ विकेट लिए। प्लेयर अफ दि म्याच भएका खानले ४ ओभरमा १४ रन मात्र दिए। भुवनेश्वर कुमारले २ विकेट हात पारे।

आइपिएलमा बुधबार राजस्थान रोयल्स र कोलकता नाइट राइडर्सबीच खेल हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार