• बिहिबार, साउन १४ २०८३

यातायातका साधनमा गोरखा सिटी र साँग्रीलाले टाँसे कोरोनाबाट बच्ने उपाय सहितकाे स्टिकर


बुधबार, असोज १४ २०७७
1K
Shares

गोरखा । गोरखामा सञ्चालनमा रहेका यातायातका साधनमा कोरोनाबाट बच्ने उपाय लेखिएको सन्देश टाँसिएको छ ।

लायन्स क्लब अफ गोरखा सिटिले गोरखाका सवारी साधनमा कोरोनाबाट बच्ने सचेतनामुलक सन्देश लेखिएको स्टिकर टाँसेको हो ।

कार्यक्रमको मंगलबार एक कार्यक्रम गरी सुरुवात गरिएको हो ।

यस अभियानमा साँग्रीला विकास बैंकले आर्थिक सहयोग गरेको बताइएको छ । नजिकिदै गरेको दशै तिहार लगायतका चाड पर्वमा यात्रुको चाप संगै कोरोना भाइरसको जोखिम समेत उच्च रहेकाले सचेतनामुलक सन्देश प्रवाहका लागि यो अभियानको सुरुवात गरिएको बैंकका शाखा प्रमुख सन्दिप श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मंगलबार गोरखा सदरमुकामका करिब एक सय भन्दा बढी सवारी साधनमा स्टिकर टाँस गरिएको छ ।

कार्यक्रममा क्लबका अध्यक्ष कर्ण बहादुर गुरुङ्ग, साँग्रीला विकास बैंकका क्लष्टर चिफ महेश अधिकारी, जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकाल लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार