• बिहिबार, साउन १४ २०८३

मापदण्ड बिनै चल्छन पालुङटारका अधिकाशं ब्यवसाय


बुधबार, असोज १४ २०७७
1.2K
Shares

गोरखा । जिल्लाको पालुङटार क्षेत्रमा सञ्चालन अधिकाशं पसलहरु मापदण्ड विपरित सञ्चालनमा रहको पाइएको छ । प्रदेश स्तरिय अनुमन समितिले मंगलबार गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको हो ।

‘कतिपय पसल दर्ता नै नभइ चलेका रहेछ, दर्ता भएकाहरु मध्ये पनि धेरैले रिन्यू गरेका छैनन्,’ समितिका संयोजक एवं घरेलु तथा साना उद्योग विकास समिकिो कार्यालयका प्रमुख दिनेश पौडेलले भने, ‘म्याद नाघेका धेरै खाद्य बस्तु भेटियो । खाद्य पसलमा खाद्य अनुज्ञा पत्र भेटिएन ।’

अधिकाशं पसलमा मूल्य सूची नराखिएको, खाद्यन्न र विषादीजन्य कुरा एकै ठाउँमा राखेर बिक्रि गर्ने गरिएकोे, लेभलिङ नगरिएको सामानहरु बिक्रिका लागि राखिएको अबस्थामा फेला परेका छन ।

‘त्यहाँको सन्र्दभमा हेर्दा धेरै पसलहरु मापदण्ड विपरित नै चलेको देखिन्छ,’ उनले भने, ‘कतिपय व्यपारी साथीहरुमा जागरण नभएको जस्तो लाग्यो । उहाँहरुलाई व्यवसाय सम्बन्धी नियमावली नै थाहा छैन ।’

सोही अनुरुप निकट भविस्यमा उपभोक्ता र विक्रेता सम्बन्धी सरकारी नियम कानूनका बारेमा जागरण गराउने खालको कार्यक्रम गर्ने सोच समेत बनाइएको उनले बताए । प्रदेश स्तरिय अनुमन टोली पहिलो पटक अनुमन गरेकाले अहिले सचेत गराएर छोडिएको छ ।

‘यो हाम्रो पहिलो अनुगमन हो । हामीले वार्षिक कार्ययोजना बनाएका छौं । अनुगमन जुनसुकै बेला जहाँ पनि हुन सक्छ,’ उनले भने, ‘यदी सचेत गराउँदा पनि अटेर गर्नु भयो भने हामी कारवाही गछौं ।’

घरेलु तथा साना उद्योग विकास समिति गोरखाका प्रमुख पौडेलको नेतृत्वमा विषयगत कार्यालय, व्यवसायीहरुको छाता संस्था, उपभोक्ता अधिकारकर्मी, पत्रकारहरुको सहभागीतामा अनुगमन गरिएको हो ।

गण्डकी प्रदेश सरकारले यही अशोज ९ गते अनुमन सम्बन्धी नियमावली र निर्देशिका जारी गरी घरेलु कार्यालयले अनुमनको जिम्मा दिएको हो ।

स्थानीय निर्वाचन पछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको अनुमन समितिलाई भङ्ग गरि सम्बन्धित स्थानीय तहको उपप्रमुखलाई अनुमनको जिम्मेवारी दिइएको छ । वडा स्तरमा भने वडा अध्यक्षको नेतृत्वमा रहेको समितिले अनुमन गर्ने कानूनी प्रावधान छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार