• सोमबार, साउन ११ २०८३

डेढ बर्षपछि सुरु भयो गोरखा अस्पतालमा शल्यक्रिया


बुधबार, असोज १४ २०७७
675
Shares

गोरखा । गोरखा अस्पतालले डेढ बर्षपछि शल्यक्रिया पुनः सुचारु गरेको छ । भवन अभाव र कोरोना भाइरसका कारण डेढबर्ष अघिदेखि रोकिएको शल्यक्रिया सेवा बुधबारदेखि सुचारु भएको हो ।

‘नयाँ भवन निर्माणका लागि पुरानो भवन भत्काए देखी सबै प्रकारको अप्रेशन सेवा रोकिएको थियो, आज हामीले १८ महिना पछि पहिलो पटक गर्भवती महिलाको सफलतापूर्वक अप्रेशन भयो’ अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले भने ।

अस्पतालले आवास भवनलाई प्रयोग गरेर अप्रेसन थ्रिएटर तयार पारी सेवा सुरु गरेको जनाएको छ । त्यही भवनमा पहिलो पटक बारपाक सुलिकोट गाउँपालिका घर भएकी एक गर्भवती महिलाको शल्यक्रिया गरेर शिशुलाई जन्म दिइएको हो । यस भन्दा अगाडी सामान्य अवस्थाका बाहेक सबै जसो केसमा चितवन, काठमाण्डौ रिफर गर्ने चलन थियो ।

हाल गोरखा अस्पतालमा जनरल फिजिसियन, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ र एमडिजिपी जनरल फिजिसिएन गरी चार जना विषेशज्ञ गोरखा अस्पतालमा छन् । अप्रेशनबाट सुत्केरी गराउने सेवा सञ्चालनपछि अन्य अप्रेशन सेवा समेत सञ्चालन गर्दै जाने योजना रहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार