• सोमबार, साउन ११ २०८३

रुसबाट २ करोड ५० लाख कोरोनाविरुद्धको खोप नेपाल आपूर्ति हुने पक्का


मंगलबार, असोज १३ २०७७
800
Shares


यति बेला विशवभरका विज्ञहरुले कोरोना विरुद्दको खोप बनाई रहेका छन् । यसै बिच रुसले बनाएको खोपको नतिजा सकरात्मक देखिएको छ । त्यसैले रुसबाट २ करोड ५० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ।

मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच भ्याक्सिन सम्झौता भएको रोयटर्सले जनाएको छ।

ट्रिनिटी फर्कास्युटिकलको माध्यमबाट नेपालमा कोरोनाविरुद्धको खोप वितरण हुने जनाइएको छ।

रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डले आफ्नो खोप विश्वभर निर्यात गरिरहेको छ। फन्डले भारतमा एस सय मिलियन भ्याक्सिन पठाउने बताइसकेको छ। यस भ्याक्सिन भारतमा पनि परीक्षण हुने क्रममा रहेको जनाइएको छ।

रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको स्पुतनिक–भी भ्याक्सिन भ्याक्सिनलाई केही समय अगाडि मात्र त्यहाँको सरकारले प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो।

त्यहाँका राष्ट्रपति पुटिनले उक्त भ्याक्सिन आफ्नो छोरीमा पनि परीक्षण गरेको दाबी गरेका थिए। तर तेस्रो परीक्षण नगरी भ्याक्सिन प्रयोगका लागि स्वीकृति प्रदान गरेका कारण विश्वभरका विज्ञहरुले रुसी कार्यको आलोचना गरेका थिए।

हाल रुसको उक्त खोप विश्वका विभिन्न स्थानमा परीक्षण भइरहेका छन्। खोपले सकरात्मक परिणाम दिइरहेको बताइएको छ। रोयटर्स

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार