• सोमबार, साउन ११ २०८३

पछिल्लो २४ घण्टामा ७ सय ३१ जना कोरोनामुक्त, निको हुनेको संख्या ५५ हजार नाघ्यो


मंगलबार, असोज १३ २०७७
845
Shares


पछिल्लो २४ घण्टामा ७ सय ३१ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेहरुको संख्या ५५ हजार ३ सय ७१ पुगेको हो । यो कूल संक्रमितको ७२.६ प्रतिशत हो ।

सोमबार नेपालमा ७ सय ४२ जना संक्रमित निको भएका थिए ।मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिबाट हालसम्म परीक्षणहरु १० लाख ९ हजार २ सय ९८ गरिएका छन् ।

मुलुकभर सक्रिय कोरोना संक्रमिको संख्या २० हजार ३ सय ९६ जना रहेको मन्त्रालयले जनाएको छ ।हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार