नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा १ हजार ५ सय १३ थप जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा २० हजार २ सय ९६ सक्रिय संक्रमित रहेका छन्।त्यस्तै देशभरमा ९ हजार ६ सय ८९ संस्थागत आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ३१ निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ।