Modern metal handcuffs. Vector illustration in flat style
स्याङ्जा — सवारी ज्यान मुद्दाका फरार अपराधी ११ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरीले पुतलीबजार नगरपालिका–८ कोल्मा घर भई पोखरा महानगरपालिका–१० मा बस्दै आएका राजकुमार नेपालीलाई नियन्त्रणमा लिएको हो ।उनलाई दुई वर्ष कैद सजाय तोकिएको थियो ।
लुकीछिपी बस्दै आएका नेपालीलाई गोप्य सूचनाका आधारमा पक्राउ गरी जिल्ला अदालतमा हाजिर गराएर कारागार पठाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए ।उनी २०६६ असार ३ गतेदेखि फरार थिए ।