जोरबिजोर प्रणाली लागू भएको काठमाडौंमा मंगलबार बिहानभरीमा एक हजार भन्दा बढी सवारीसाधा प्रहरीले नियन्त्रणमा लिएका छ।
मंगलबारबाट ट्राफिक महाशाखाले चेकजाँचमा कडाइ गरेको महाशाखाका प्रवक्ता एसपी रामेश्वर प्रसाद यादवले बताए।
मंगलबार बिहानभरीमा मात्रै एक हजार ५८ वटा सवारी साधान प्रहरीले नियन्त्रणमा लिएको हो । ती मध्ये १ सय ६१ वटा चारपांग्रे र बाँकी दुईपांग्रे हुन्। नियन्त्रणमा लिइएको सवारीसाधान सडकमै होल् गरिएको छ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले काठमाडौंमा जोरबिजोर प्रणाली लागू गरेको थियो।
कारबाही नगर्दा उल्लंघन बढेकाले फेरि कडाइ गर्न थालेको ट्राफिकले जनाएको छ। अब कुनै पनि बहानामा जान नदिने ट्राफिकको तयारी छ।
भदौ १५ गतेदेखि उपत्यकाको सवारी आवागनमन जोरबिजोर प्रणालिका आधारमा खुल्ला गर्ने निर्णय भएको थियो।