• सोमबार, साउन ११ २०८३

‘साढे पाँच सय रुपैयाँ तिरेर मिनेटैमा आउनेछ कोरोना परीक्षणको नतिजा’


मंगलबार, असोज १३ २०७७
570
Shares

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को पहिचान गर्ने एउटा नयाँ उपकरणले गरिब तथा साधारण आय भएका देशमा संक्रमण पत्ता लगाउने क्षमतामा निकै वृद्धि हुने बताएको छ ।

संगठनले यो नयाँ परीक्षण उपकरणको कुरा यस्तो समय गरेको छ जब संसारभरी कोरोनाभाइरसका कारण मारिएकाको संख्या १० लाख पार भइसकेको छ ।

डब्ल्यूएचओका अनुसार यो परीक्षणको खर्च केवल पाँच डलर अर्थात् ५८७ नेपाली रुपैयाँ पर्दछ र यसले ती देशलाई फाइदा हुनसक्छ जहाँ स्वास्थ्यकर्मीको कमी छ र प्रयोगशाला पनि कम छन् ।

संगठनका अनुसार यो परीक्षण विकसित गर्ने कम्पनीसँग जुन सम्झौता भएको छ, त्यसअनुसार कम्पनीले ६ महिनाभित्र १२ करोड परीक्षण गर्नेछ ।

विश्व स्वास्थ्य संगठनले यो परीक्षणको निकै तारिफ गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेडरोसले भने, ‘यो नयाँ उपकरण निकै सजिलै ल्याउन– लान सकिन्छ । यसले नतिजा पनि केही मिनेट (१५ देखि २० मिनेट) भित्र नै प्रदान गर्दछ ।’

औषधी निर्माता कम्पनी ऐबोट एण्ड एसडी बायोसेनरले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनसँग मिलेर १२ करोड परीक्षण तयार गर्न सहमति जताएका छन् ।

यो सम्झौताको फाइदा संसारका १ सय ३३ देशलाई हुनेछ जसमा ल्याटिन अमेरिकाका थुप्रै देश समावेश छन् । यी देश महामारीले नराम्रोसँग प्रभावित छन् ।

पत्रकारसँगको कुराकानीमा डा। टेडरोसले भने, ‘परीक्षणको हिसाबले र अत्यधिक प्रभावित इलाकाका लागि यो एक महत्वपूर्ण उपलब्धि साबित हुनेछ ।’

उनले भने, ‘यो परीक्षणले धेरैभन्दा धेरै मानिसहरुको परीक्षण हुनेछ । यो ती इलाका र देशका लागि निकै महत्वपूर्ण साबित हुनेछ जहाँ परीक्षण गर्नका लागि प्रयोगशालासमेत प्रशिक्षित स्वास्थ्यकर्मीको कमी छ ।’बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार