• बिहिबार, साउन १४ २०८३

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


मंगलबार, असोज १३ २०७७
710
Shares

केही दिनदेखि घट्दो क्रममा रहेको सुनको मुल्य फेरी आज (मंगलबार) बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार रु.९ सयको दरले बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै मंगलबार तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि आज बढेर तोलामा १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

यसअघि सोमबार चाँदीको मूल्य तोलामा १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार