• सोमबार, साउन ११ २०८३

डा.केसीको स्वास्थ्य जटिल बन्दै


मंगलबार, असोज १३ २०७७
725
Shares


काठमाडौँ — जुम्लामा १९ औं सत्याग्रह थालेका प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

डा. केसीको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक प्रा.डा.सुवासप्रसाद आचार्यले केसीको स्वास्थ्य जटिलताको तुरन्त व्यवस्थापनसँगै आईसीयूमा तत्काल स्थानान्तरण गर्नु पर्ने आवश्यकता पर्नसक्ने देखिएको बताए ।

डा.केसीलाई बारम्बार छाती दुखाइ, बीचबीचमा रोकिएर धड्कन बिग्रने, मांसपेशी बाउँडिने, थकाइ र पटकपटक चक्करको समस्या देखिएको छ । उनको रक्त परीक्षणमा सेतो रक्त कणिकाको संख्या धेरै कम देखिएको छ । यस्तै ब्लड सुगरमा कमीसँगै सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम, फोस्फोरस जस्ता इलेक्ट्रोलाइटसमेत कम देखिएको छ ।

डा.आचार्यका अनुसार रक्तबाहिनी नलीमा आपत्कालीन पहुँच कायम राख्न डा केसीलाई नर्मल स्लाइन दिइराखिएको छ । तर अन्य तरल पदार्थ र इलेक्ट्रालाइट लिन उनले अस्वीकार गरेका छन् । जुम्लामा १९ औं सत्याग्रह थालेका डा.केसी ६ दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार