कोरोना संक्रमणबाट धरानमा थप एक महिलाको मृत्यु भएको छ ।
मोरङको सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिलाको सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए।
उनलाई यही असोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
उनलाई असोज ५ गते सङ्क्रमण पुष्टि भएको थियो।