• बिहिबार, साउन १४ २०८३

नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु


मंगलबार, असोज १३ २०७७
745
Shares

काठमाडौँ । कोरोना संक्रमणबाट बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुई जनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको पुष्टि गरे । दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो । दुवैजना भेन्टिलेटरमा थिए ।

नेपालगन्जका मृतकको घर दाङको घोराही हो । उनी लामो समयदेखि नेपालगन्जमा बस्दै आएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार