• बिहिबार, साउन १४ २०८३

लिभरपुलले आर्सनललाई हरायो


मंगलबार, असोज १३ २०७७
770
Shares

प्रिमियर लिग फुटबलमा साविकको विजेता लिभरपुलले आर्सनललाई ३–१ गोलअन्तरले पराजित गरेको छ।

लिभरपुलको जितमा साडियो माने, एन्द्रे रोबर्टसन र डियगो जोटाले गोल गरे। आर्सनलका अलेक्जेड्रे लाकाजाटेले एक गोल फर्काए।

२५औं मिनेटमा लाकाजाटेको गोलसँगै आर्सनलले सुरुवाती अग्रता लिएको थियो। लगत्तै साडियो मानेले बराबरी गोल फर्काए।

३४औं मिनेटमा रोबर्टसनले दोस्रो गोल गरे भने खेल सकिन दुई मिनेट बाँकी रहँदा लिभरपुलका नयाँ खेलाडी जोटाले गोल गर्दै टोलीलाई ३–१ को जित दिलाए।

योसँगै आर्सनलविरुद्ध लिभरपुलले आफ्ना पछिल्ला पाँच घरेलु खेलमा जित हात पारेको छ।

लगातार तेस्रो जित निकाल्दै लिभरपुल अंकतालिकाका दोस्रो स्थानमा उक्लिएको छ। पराजित आर्सन लभने पाँचौ स्थानमा झरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार