• सोमबार, साउन ११ २०८३

उपत्यकामा एकैदिन थपिए ८ सय १७ संक्रमित


सोमबार, असोज १२ २०७७
770
Shares


काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६ सय ४९, भक्तपुरमा ३६ र ललितपुरमा १ सय ३२ जनामा कोरोना पुष्टि भएको हो।

आइतबार उपत्यकामा ८ सय ९ जनामा कोरोना पुष्टि भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार