• सोमबार, साउन ११ २०८३

पछिल्लो २४ घण्टामा ७ सय ४२ जना संक्रमणमुक्त


सोमबार, असोज १२ २०७७
740
Shares


काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४२ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ५४ हजार नाघेको छ ।

नेपालमा सोमबारसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ५४ हजार ६ सय ४० पुगेको मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बताएका छन् । आइतबार नेपालमा कोरोनाबाट ८ सय ८५ जना निको भएका थिए ।

यस्तै मुलुकभर कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ६ सय २४ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले सोमबारको मिडिया ब्रिफिङमा जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार