• बिहिबार, साउन १४ २०८३

नेपालमा कोरोनाबाट थप एकको मृत्यु


सोमबार, असोज १२ २०७७
690
Shares


चितवन । कोरोना संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. ७ का ५५ बर्षीय पुरुषको सोमबार दिउँसो १ः२० बजे मृत्यु भएको हो । मिर्गौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

पौडेलका अनुसार खोकी र स्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार