• बिहिबार, साउन १४ २०८३

१० वर्षसम्म तिरेनन् ट्रम्पले आयकर


सोमबार, असोज १२ २०७७
795
Shares


काठमाडौँ। अमेरिकी राष्ट्रपतिको चुनावी प्रचार चलिरहेका बेला रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादमा तानिएका छन् । पछिल्ला १५ वर्षमध्ये १० वर्षसम्म उनले कुनै आयकर नतिरेको खुलासा भएको हो ।

न्युयोर्क टाइम्समा प्रकाशित ट्रम्पले २०१६ र २०१७ मा केवल ७ सय ५० अमेरिकी डलर भुक्तान गरे । २०१६ मा उनी राष्ट्रपतिको दौडमा थिए । राष्ट्रपति ट्रम्पको कूल सम्पत्ति २ दशमलव १ अर्ब डलर छ । कोरोना महामारीले उनको सम्पत्तिमा एक अर्ब डलरले कमी आएको छ । ट्रम्पले आयकरलाई गोप्य राख्दै आएका छन् ।

न्युयोर्क टाइम्समा प्रकाशित समाचारको पनि ट्रम्पले खण्डन गरेका छन् । उनले कर भुक्तान गरिरहेको दाबी गरे, यद्यपि कुनै विवरण दिएनन् । ‘मैले आयकर तिरेको छु र चाँडैं यसलाई तपाईले मेरो आयकर रिटर्नमा देख्नुहुन्छ । अहिले यसबारे अडिट चलिरहेको छ र लामो समयदेखि अडिट भइरहेको छ,’ उनले भने ।

ट्रम्प संगठनका वकिल एलन गार्टनले पनि न्युर्योक टाइम्समा प्रकाशित समाचारमा सही तथ्य नरहेको बताएका छन् । यता, न्युयोर्क टाइम्सले दुई दशकभन्दा बढी समयको आयकर रिटर्न तथ्य हात पारेपछि यो समाचार बाहिर ल्याइएको जनाएको छ । यस समाचारले ट्रम्पलाई ठूलो धक्का दिनसक्ने अनुमान लगाइएको छ, किनकि मंगलबार राष्ट्रपति पदका उम्मेदवारहरुबीच प्रेसिडेन्टल डिबेट हुँदैछ । आगामी ३ नोभेम्बरमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार