• सोमबार, साउन ११ २०८३

संक्रमणमुक्त भए गण्डकी प्रहरी प्रमुख अर्याल


सोमबार, असोज १२ २०७७
790
Shares


पोखरा । तीन हप्तापछि गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याल कोरोना संक्रमण मुक्त भएका छन् ।

२१ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनको रिपोर्ट ३ हप्तापछि सोमबार नेगेटिभ आएको हो ।

आइतबार स्वाब परीक्षणका लागि पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको प्रदेश प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएका डिआइजी अर्याल संक्रमितको ट्रेसिङमा परेका थिए । ट्रेसिङमा परेपछि उनले १८ भदौमा स्वाब दिएका थिए ।

कोरोना पुष्टि भएपछि उनले होम आइसोलेसनबाटै प्रहरी कमाण्ड सम्हालेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार