• आइतबार, असोज १८ २०८३

सञ्चालनमा आएका विद्यालय बन्द गर्न प्रशासनको निर्देशन


सोमबार, असोज १२ २०७७
705
Shares


समुदायमा कोरोना संक्रमणको जोखिम बढ्दो क्रममा रहेकाले लमजुङमा सञ्चालनमा आएका सरकारी तथा संस्थागत विद्यालय बन्द गर्न जिल्ला प्रशासनले निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आइतबार सूचना निकालेर अहिले विद्यालय खुलाउन नपाइने बताएका हुन्।

लमजुङमा अहिलेसम्म कोरोना संक्रमित संख्या तीन सय ७३ पुगेको छ। जसमध्ये २७१ जना निको भइसकेका छन् भने १०२ जना सक्रिय संक्रमित आइसोलेसनमा छन्।

वेशीसहर, मध्यनेपाल, सुन्दरबजार नगरपालिकालगायतमा समुदायस्तरमा समेत कोरोना देखिएको अवस्थामा विभिन्न पालिकामा विद्यालय खुलेको थियो।

अर्को सूचना नआउँदासम्म शैक्षिक संस्था नखोल्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार