• आइतबार, असोज १८ २०८३

मेस्सीको गोलसँगै बार्सिलोनाको विजयी सुरु


सोमबार, असोज १२ २०७७
935
Shares


लियोनल मेस्सीको गोलसँगै बार्सिलोनाले यो सिजनको लालिगामा विजयी सुरुवात गरेको छ।

आइतबार राति बार्सिलोनाले भिल्लारियलमाथि ४—० को सहज जित हात पारेको हो।अंशु फातीले १५औ र १९औं मिनेटमा बार्सिलोनाका लागि लगातार दुई गोल गरेका थिए।

३५औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई ३—० ले अघि बढाएका थिए।पाउ टोरेसले ४५औं मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले ४—० को जित हात पारेको हो।

यो सिजनको पहिलो खेलमा गोल गरेसँगै १७ सिजनको लालिगामा गोल गर्ने मेस्सी छैटौं खेलाडी बनेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार