• बिहिबार, साउन १४ २०८३

असोज १५ बाट ‘ए मेरो हजुर ४’ फ्लोरमा


सोमबार, असोज १२ २०७७
765
Shares


काठमाडौं । कोरोना महामारीको कारणले गरिएको लकडाउनले गत चैत्रमा सुटिङ रोकिएको फिल्म ‘ए मेरो हजुर ४’ छायाँकन सुरु हुने भएको छ ।

फिल्म अगामी शुक्रबार अर्थात असोज १५ बाट छायाँकनमा निस्कने निर्माण युनिटले जनाएको छ ।

करिब ५० प्रतिशत छायाँकन सकिएको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्मका लागि हालै गायक दुर्गेश थापा पनि कलाकारको रुपमा अनुबन्धित भएका छन् ।

झरना थापाले निर्देशक रहेको फिल्मको निर्माता सुनिल कुमार थापा हुन् । झरनाले यस अगाडि ‘ए मेरो हजुर’को दोस्रो र तस्रो श्रृखला निर्देशन गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार