• बिहिबार, साउन १४ २०८३

चितवनमा एकै दिन सशस्त्र प्रहरीका दुई बीओपी स्थापना


सोमबार, असोज १२ २०७७
660
Shares


सशस्त्र प्रहरी बलले चितवनमा एकैदिन दुईवटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ। चितवनको माडी नगरपालिका १ गर्दीस्थित केदारेश्वर प्रावि र सोही नगरपालिका ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा ती बीओपी स्थापना गरिएका हुन्।

मर्ज भएपछि खाली रहेका विद्यालयमा ती बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनका एसपी दिपक कुमार थापाले जानकारी दिए। असोज ११ गते सशस्त्र प्रहरी बल वाग्मती प्रदेश मुख्यालय नम्बर ३ गढीमारई वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले दुवै बोर्डर पोस्टको उद्घाटन गरेका हुन्।

दुवै बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली तैनाथ गरिएको हो। बीओपी स्थापनासँगै चितवनको सीमावर्ती क्षेत्रमा सुरक्षाको महसुस गरेको स्थानीयले बताएका छ्न्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार